सुन प्रतितोला आठ सय र चाँदी प्रतितोला ३० रुपैयाँले घट्यो

आइतबार, ६ माघ, २०८१
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज नेपाली बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला आठ सय र चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो ।  गत शुक्रबार प्रतितोला एक लाख ५७ हजार नौ सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५७ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला एक हजार ८६० मा कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ८९० मा खरिद–बिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस अमेरिकी डलर १६.२५ ले घटेर दुई हजार ७०३.२ कायम भएको छ ।     
 

See More On

सुझावित समाचार