फुल्चोकीको जंंगलमा हराएका दुईजनाको उद्धार

शनिबार, ५ माघ, २०८१
डिजिटल संस्करण

फुल्चोकीको जंगलमा हराएका दुईजनाको स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेको छ। शुक्रबार राति १० बजे उद्धारकर्ता दाबा लामा(मिश्रण दाई)को सहयोगमा प्रहरीले उद्धार गरेको हो। 

प्रहरी प्रभाग बाडेगाउँकी प्रहरी निरीक्षक अस्मिता कपालीका अनुसार शुक्रबार १४ जना जंगलमा घुम्न गएका थिए। ‘उनीहरूमध्ये एक केटा र एक केटी छोटो बाटो खोज्दै जंगलमा छिरेर हराएका रहेछन्,’ उनले भनिन्, ‘पाइला पछ्याउँदै गएर हामीले राति उद्धार गरेका हौँ।’ उनीहरूको मोबाइलसमेत स्विच अफ भएको थियो। साथीहरूले खबर गरेको आधारमा स्थानीय उद्धारकर्ता दाबा लामाको सहयोगमा प्रहरीले उद्धार गरेको हो। 

उद्धारकर्ता लामाले फुल्चोकीको जंगलमा हराएका ६५ जनाभन्दा धेरैको उद्धार गरिसकेका छन्। पेसाले चालक रहेका लामालाई फुल्चोकी जंगलको बारेमा विस्तृत जानकारी भएकाले जो हराउँदा पनि प्रहरीले उनकै सहयोगमा उद्धार गर्दै आएको छ। 

सुझावित समाचार