कावासोतीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

शनिबार, ५ माघ, २०८१
डिजिटल संस्करण

नवलपुरको कावासोती-३ सभापति चोकमा बसको ठक्करबाट गएराति एकजना पैदलयात्रीको मृत्यु भएको छ । दिल्लीबाट काठमाडौंका लागि छुटेको लु २ ख ६८३३ नम्बरको बसको ठक्करबाट गएराति  एकजना पैदलयात्री गम्भीर घाइते भएका थिए।

बसको ठक्करबाट गम्भीर घाईते भएका कावासोती-३ निवासी ७० वर्षीय मानबहादुर सुनारको गएराति उपचारको क्रममा चितवनमा मृत्यु भएको हो । पैदलयात्रीलाई ठक्कर दिने बस चालकलाई  नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेकाे छ ।

सुझावित समाचार