दिल्लीमा भएको १२ बुँदे सम्झौताको औचित्य समाप्त भइसक्यो : कमल थापा

शुक्रबार, २६ पुष, २०८१
डिजिटल संस्करण
दिल्लीमा भएको १२ बुँदे सम्झौताको औचित्य समाप्त भइसक्यो : कमल थापा

फाइल तस्बिर

राप्रपा नेपालका अध्यक्ष कमल थापाले ०६२/६३ मा नेपालमा राजनीतिक परिवर्तनका लागि भारतको नयाँदिल्लीमा भएको १२ बुँदे सम्झौताको औचित्य समाप्त भइसकेको बताएका छन्।

राप्रपा नेपालको १९औँ पार्टी स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै थापाले मुलुकको अवस्थाको कारण राप्रपा नेपालको महत्त्व झनै बढेर गएको दाबीसमेत गरे।

पार्टी निर्माणका क्रममा विगतमा भएका संघर्ष र सुखदुःखको क्षणहरू स्मरण गर्दै थापाले फरक विचारका कारण आफूलाई राज्यले दुई–दुईपटक थुनामा हालेकोसमेत सम्झना गरे।

सिद्धान्तप्रतिको अविचलित निष्ठा र विकृति–विसंगतिसँगको लडाइँ निरन्तर जारी राख्ने भन्दै थापाले हिन्दुराष्ट्र र राजसंस्थाको एजेन्डाको सबैभन्दा बढी माया र विश्वास गर्ने पार्टी राप्रपा नेपाल मात्र भएको दाबी गरे।

०६२ पुस २६ गते काठमाडौंको वीरेन्द्र सभागृहमा भएको राप्रपाको विशेष महाधिवेशनले राप्रपा नेपाल निर्माण गरेको थियो।

सुझावित समाचार