लेखा समितिको बैठक बोलाउन माग

मंगलबार, २३ पुष, २०८१
डिजिटल संस्करण

सांसदहरूले सार्वजनिक लेखा समितिको बैठक बोलाउन माग गरेका छन्। 

माओवादी सांसद अमनलाल मोदी र कांग्रेस सांसद राजन केसीसहित आफूले समितिको बैठक बोलाउन माग गरेको रास्वपा सांसद मनीष झाले बताए।

‘बैठक माग गरेको हो। सभापतिलाई यथाशीघ्र बोलाउनुपर्याे, यसरी हुँदैन भनेका छाैँ,’ झाले नयाँ पत्रिकासँग भने, ‘यत्रा ठुला घटनाहरू भइरहेका छन्। लेखा समितिको अकर्मण्यताको मूल्य सुशासनले चुकाउनुपरेको छ।’

लेखा समितिको पछिल्लो बैठक चार महिनापछि ७ पुसमा बसेको थियो। सहकारी प्रकरणमा श्रीमती अञ्जला कोइराला र ठगीमा स्वकीय सचिव अनिलकुमार पोखरेल मुछिएपछि सभापति ऋषिकेश पोखरेलले समितिको बैठक नै राखेका छैनन्।

सभापति पोखरेलले केही समय बाहिर रहेको र फर्किएपछि बैठक बोलाउने बताएकाे झाले बताए। यसअघि विद्युत् बक्यौता विवादमा सभापतिले एकतर्फी निर्णय गर्न खोज्दा बैठक प्रभावित हुँदै आएको थियो।

सुझावित समाचार