विपत् जोखिम न्यूनीकरण र व्यवस्थापनका उपाय

नेपालको भौगोलिक र जलवायु अवस्थितिले झन्झन् बढाउँदै लगेका विपत्जन्य प्रकोप थप विनाशकारी बन्दै गएका छन्

सोमबार, २२ पुष, २०८१
डिजिटल संस्करण

अथाह प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल विश्वकै प्राकृतिक विपत्को उच्च जोखिममा पर्ने मुलुकमध्ये एक हो । जटिल भूगोल, जलवायु परिवर्तनको प्रभाव र समाजको भौतिक तथा सामाजिक संरचनामा कमजोरीका कारण प्राकृतिक र गैरप्राकृतिक प्रकोपले हरेक वर्ष नेपाललाई तहसनहस बनाउँदै आएको छ । भूकम्प, बाढी, पहिरो, डढेलो, हिमताल विस्फोट, चट्याङ, अत्यधिक गर्मी र चिसोजस्ता विपत्ले देशको सामाजिक, आर्थिक र पर्यावरणीय विकासमा गम्भीर असर पारेका छन् । नेपालमा विपत् व्यवस्थापनको सुरुवात १९८२ मा बनेको दैवीप्रकोप उद्धार ऐनबाट भएको हो । त्यसपछि २०७२ सालमा गएको गोर्खा भूकम्पपछि विपत् व्यवस्थापनमा केही सुधारका प्रयास गरिए । यसले विपत् जोखिम न्यूनीकरण र व्यवस्थापनको आवश्यकता उजागर गर्दै ठोस नीतिगत संरचना निर्माण गर्न जिम्मेवार सबैलाई प्रेरित ग¥यो । यसैका आधारमा २०७४ सालमा विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन ल्याई राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) स्थापना गरियो । यस संस्थाले संघीय, प्रादेशिक र स्थानीय सरकारबिच समन्वय गर्दै विपत् न्यूनीकरण र व्यवस्थापनका योजना कार्यान्वयन गरिरहेको छ ।

तर, अझै पनि धेरै क्षेत्रमा कमजोरी बाँकी नै रहेका देखिन्छन् । विपत् व्यवस्थापनका लागि दीर्घकालीन रणनीति र प्रभावकारी कार्यान्वयन आवश्यक छ । यस लेखमा नेपालमा विपत् जोखिम न्यूनीकरण र व्यवस्थापनको वर्तमान अवस्था, प्रमुख चुनौती र समाधानका उपायबारे चर्चा गरिएको छ ।

नेपालका प्रमुख विपत्हरू :
नेपाल विपत्जन्य जोखिमका दृष्टिले अत्यन्त संवेदनशील मुलुक हो । जहाँ बारम्बार विभिन्न विपत्को सामना गर्नुपर्छ । नेपालले झेल्नुपरिरहेका प्रमुख विपत्मा भूकम्प, बाढी, पहिरो, डढेलो, हिमताल विस्फोट, चट्याङ, र अत्यधिक गर्मी तथा चिसो पर्छन् । भूकम्पको जोखिम उच्च रहेको नेपाल २०७२ को गोर्खा भूकम्पको भयानक अनुभवबाट गुज्रिएको धेरै भएको छैन । जसले करिब नौ हजार मानिसको ज्यान लियो र लाखौँलाई बेघर बनायो । मनसुनका समयमा बाढी र पहिरोले तराई र पहाडी क्षेत्रमा ठुलो क्षति पु¥याइरहेकै छ । हिउँदमा डढेलोले जैविक विविधता र पर्यावरणलाई नष्ट गर्दै आएको छ । हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण हिमताल विस्फोटको जोखिम बढ्दो छ । चट्याङले ग्रामीण क्षेत्रका संरचनामा ठुलो क्षति पु¥याउँदै आएको छ भने अत्यधिक गर्मी र चिसोले ज्येष्ठ नागरिक र बालबालिकालाई गम्भीर असर पारिरहेकै छ । यी सबै समस्याले नेपाललाई थप जोखिमको डिलमा उभ्याएको छ, जसका लागि दीर्घकालीन रणनीति र सुदृढ व्यवस्थापनको खाँचो छ ।

पूर्वसूचना प्रणालीलाई सुदृढ गर्दै, अध्ययन र अनुसन्धानलाई प्राथमिकता दिँदै र समावेशी योजना लागू गरेर मात्र नेपालले विपत् जोखिम न्यूनीकरणको लक्ष्य हासिल गर्न सक्छ

यो वर्ष मात्र नेपालका विभिन्न भागमा आएको असामान्य वर्षाले देशलाई ठुलो क्षति पु¥याएको छ । सुदूरपश्चिम प्रदेशको दोधारा–चाँदनी नगरपालिकामा भएको अत्यधिक वर्षा (एक दिनमा ६२५ मिमि)ले बस्ती र खेतीयोग्य जमिनमा बाढी पसेर ठुलो जनधनको क्षति भयो । घरहरू बगे, जमिन बगरमा परिणत भयो र दर्जनौँ परिवार विस्थापित हुनुप¥यो । यसका अतिरिक्त, मध्य नेपालमा भएको असामान्य भारी वर्षाले पहाडी क्षेत्रमा ठुला पहिरो निम्त्यायो, जसका कारण सडक अवरुद्ध भए, घरहरू भत्किए र स्थानीय जनजीवन ठप्प भयो । यी घटनाले विपत् व्यवस्थापनमा सुधारको खाँचोलाई अझै बलियो रूपमा अगाडि ल्याएको छ । जलवायु परिवर्तनले गर्दा मौसमी गतिविधि असामान्य रूपमा परिवर्तन भएका छन् । सामान्यतया, मनसुनका समयमा हुने भारी वर्षा अहिले असमयमा हुने, एकैछिनमै ठुलो पानी पर्ने र त्यसपछि लामो समयसम्म खडेरी लाग्ने समस्या देखिन्छ । यसले नदी तटीय क्षेत्रमा बसोवास गर्ने समुदायलाई अझै असुरक्षित बनाएको छ । साथै, पहाडी भूभागमा भएको भारी वर्षाले अस्थिर भूभागमा पहिरो निम्त्याएको छ, जसले भौतिक संरचना र मानव जीवनमा ठुलो असर पु¥याएको छ । नेपालको भौगोलिक र जलवायु अवस्थाले विपत्जन्य घटनालाई झन्झन् बढाउँदै लगेको छ । भूभागको जटिलता, जमिनको अस्थिरता र जलवायु परिवर्तनका कारणले गर्दा विपत्हरू थप प्रकोपकारी भएका छन् । यसका अतिरिक्त, मानवीय गतिविधिहरू, जस्तै जथाभावी सहरीकरण, वनविनाश, र जलनिकासको अभाव, विपत्जन्य जोखिम बढाउन जिम्मेवार छन् । यी सबै कारणले गर्दा विपत् व्यवस्थापनमा सुधार आवश्यक देखिएको छ ।

विपत् जोखिम न्यूनीकरणका चुनौती : नेपाल 
विपत्को दृष्टिकोणले अत्यन्त जोखिमपूर्ण देश हो । हरेक वर्ष यहाँ साना तथा ठुला विपत्ले हजारौँ मानिसको ज्यान जाने, लाखौँ विस्थापित हुने र अर्बौँ रुपैयाँको आर्थिक क्षति हुने गरेको छ । भूकम्प नेपालका लागि सबैभन्दा ठुलो जोखिम हो । २०७२ को गोर्खा भूकम्पले करिब हजारौँको ज्यान लियो, लाखौँ विस्थापित भए र देशको आर्थिक गतिविधिमा व्यापक प्रभाव प¥यो । यस्तै, बाढी र पहिरो नेपालका हरेक मनसुनमा हुने नियमित समस्या हुन् । ग्रामीण क्षेत्रमा पहिरोको जोखिम अझै बढी छ भने सहरी क्षेत्रमा जल निकासी प्रणालीको अभावले बाढीको समस्या उग्र भएको छ । विशेष गरी, हिउँदेयाममा डढेलो अर्को ठुलो चुनौती हो नेपालका लागि । नेपालका पहाडी र तराई क्षेत्रका जंगलमा बारम्बार आगलागी हुने समस्याले वनजंगल र जैविक विविधतामा नकारात्मक प्रभाव पार्छ । यस्तै, हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण हिमताल विस्फोटजस्ता नयाँ चुनौती देखापरेका छन् । नेपालको जटिल भूगोल, जलवायु परिवर्तनको प्रभाव र सामाजिक–आर्थिक कमजोरीले गर्दा विपत् व्यवस्थापन झन्झन् कठिन बनेको छ । नेपालको नीति तथा योजना विश्वव्यापी रूपमा मान्य संरचना, जस्तै विपत् जोखिम न्यूनीकरणका लागि सेन्डाई फ्रेमवर्क (एसएफडिआरआर), दिगो विकास लक्ष्यहरू (एडिजिएस) र पेरिस सम्झौतासँग मिलाएर बनाइएको छ । यो संरचना संघीय सरकार, प्रादेशिक र स्थानीय निकायबिच समन्वय गर्ने उद्देश्यले तयार गरिएको हो । यद्यपि, नीति र योजना बलिया भए पनि यसको प्रभावकारी कार्यान्वयनमा अझै समस्या छन् । विपत् जोखिम न्यूनीकरणका लागि पूर्वाधारको अभाव, सीमित बजेट र प्रविधिको कमजोर प्रयोग अहिलेका प्रमुख चुनौती हुन् ।

नेपालमा विपत् व्यवस्थापनमा थुप्रै समस्या छन् । पहिलो, स्थानीय, प्रादेशिक र संघीय सरकारबिच स्पष्ट कार्यक्षेत्रको अभाव छ । यसले विपत् व्यवस्थापनमा समन्वयको कमी ल्याएको छ । दोस्रो, एनडिआरआरएमएमामा आवश्यक प्राविधिक र मानव संसाधनको अभाव छ । तेस्रो, आर्थिक स्रोतको अभाव त प्रमुख समस्या भइहाल्यो । विपत् व्यवस्थापनमा अधिकांश योजना अन्तर्राष्ट्रिय दातृ संस्थाहरूको सहयोगमा निर्भर छन्, जसले दीर्घकालीन योजनामा कठिनाइ ल्याएको छ । चौथो, पूर्वसूचना प्रणाली अझै पनि पर्याप्त प्रभावकारी छैन ।

पूर्वसूचना प्रणाली विपत् व्यवस्थापनमा सबैभन्दा महत्वपूर्ण पाटो हो । यसले विपत् आउनुअघि नै जनतालाई सतर्क गराएर जनधनको क्षति कम गर्न सहयोग गर्छ । जस्तै, दोधारा–चाँदनीमा आएको बाढीका समयमा पूर्वसूचना पुग्दा दर्जनौँ परिवारले समयमै सुरक्षित स्थानमा जान सके र ज्यान बचाउन सफल रहे । यसमा स्थानीय सरकारको पहलकदमी सराहनीय नै छ । तर, नेपालको अरू ग्रामीण र दुर्गम क्षेत्रसम्म पूर्वसूचना प्रवाह पर्याप्त छैन । नेपालमा चट्याङको जोखिम पनि निकै उच्च छ । हरेक वर्ष चट्याङकै कारण दर्जनौँ मानिसको मृत्यु हुने र भौतिक संरचनामा ठुलो क्षति पुग्ने गरेको छ । विशेष गरी, ग्रामीण क्षेत्रहरूमा चट्याङ रोकथामका उपायको अभाव छ । चट्याङको जोखिम न्यूनीकरणका लागि सुरक्षित संरचना निर्माण, चट्याङ रोकथाम यन्त्रको प्रयोग र जनचेतना अभियान सञ्चालन गर्न जरुरी छ ।

डढेलो नेपालका ग्रामीण क्षेत्रमा बारम्बार दोहोरिइरहने विपत् हो । हिउँदेयाममा जंगलमा लागेको आगलागीले वनक्षेत्र, जैविक विविधता र स्थानीय समुदायको जीविकामा गम्भीर असर पु¥याउँछ । डढेलो रोकथामका लागि सामुदायिक वन समूहलाई सशक्त बनाउँदै स्थानीयस्तरमा ’फायरलाइन’ निर्माण गर्नुपर्छ । उपग्रह प्रविधिको प्रयोग गरेर डढेलो सम्भावित क्षेत्रको निगरानी गर्न सकिन्छ । मनसुनका समयमा बाढी र पहिरोले नेपालमा ठुलो क्षति पु¥याउँछ । विशेष गरी, तराईका क्षेत्रहरूमा बाढीले घर, जमिन र जनधनमा गम्भीर असर पु¥याउँछ । मध्य नेपालका पहाडी बस्तीमा पहिरोले दर्जनौँ घर भत्काउने र बाटो अवरुद्ध गर्ने समस्या सामान्यजस्तै भएको छ । विपत् व्यवस्थापनलाई प्रभावकारी बनाउन लैंगिक समानता र समावेशीकरणलाई प्राथमिकतामा राख्नुपर्छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरू विशेष गरी विपत्को समयमा बढी जोखिममा पर्ने गर्छन् । विपत् व्यवस्थापन योजनामा यी समूहको आवश्यकता र उनीहरूको भूमिकालाई प्राथमिकतामा राख्नुपर्छ ।

निष्कर्ष :
नेपालमा विपत् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि नीतिगत र संस्थागत सुधार भए पनि कार्यान्वयनको तहमा अझै चुनौती बाँकी नै छन् । पूर्वसूचना प्रणालीलाई सुदृढ गर्दै, अध्ययन र अनुसन्धानलाई प्राथमिकता दिँदै, र समावेशी योजना लागू गरेर मात्र नेपालले विपत् जोखिम न्यूनीकरणको लक्ष्य हासिल गर्न सक्छ । प्राधिकरणको सशक्त नेतृत्व, अन्तर्राष्ट्रिय साझेदारी र स्थानीय समुदायको सक्रिय सहभागिताले मात्र यो यात्रा सफल हुन सक्छ । सबै तहका सरकार, निजी क्षेत्र, र जनताको सहकार्यबाट मात्रै सुरक्षित र समृद्ध नेपाल निर्माण सम्भव छ ।

(विपत् जोखिम न्यूनीकरण र व्यवस्थापन क्षेत्रका विज्ञ डा. अधिकारी इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत विपत् अध्ययन केन्द्रका निर्देशक हुन्)

सुझावित समाचार