नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केन्द्रीय मुख्यालय च्यासलमा जारी छ । बैठक केही बेरअघि सुरु भएको एमाले सचिवालय स्रोतले जानकारी दियो । बैठकमा सरकारको समीक्षा, पार्टी कार्यक्रमलगायतबारे समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत हुँदै छ ।
गत असारमा अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि पहिलोपटक एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।





