रास्वपाको केन्द्रीय समिति बैठक सुरु

आइतबार, २१ पुष, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो दिनको केन्द्रीय समिति बैठक सुरु भएको छ । शनिबारदेखि स्वयम्भूमा जारी बैठकमा आज पार्टीको महाधिवेशन, मंसिर १६ मा भएको उपनिर्वाचनको समीक्षालगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता मनीष झाले जानकारी दिए । 

पार्टीको अधिवेशन तथा महाधिवेशन सम्पन्न गर्दै संगठन निर्माण चरणलाई निर्धारित समयमा पूरा गर्न राष्ट्रव्यापी संगठन निर्माण अभियान सञ्चालन गर्ने छलफलमा केन्द्रीय सदस्यको नेतृत्वमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभाग साथै पार्टीको सम्बन्धित निकायहरूले सिफारिस गरेको विज्ञ सदस्यहरू रहेको जिल्ला समितिअन्तर्गतका पार्टीको संरचनाहरूलाई सहयोग तथा सहजीकरण गर्न जिल्लाअनुसारको कार्यदल निर्माण गर्ने छलफल भएको छ ।

कार्यदलले सदस्यता विस्तार साथै पालिका तथा वडा समितिहरू निर्माण गर्न जिल्ला समिति तथा पालिका समितिहरुलाई सहजीकरण गर्नेछ । अभियान माघ २ गतेबाट सुरु गरी दुई महिनासम्म सञ्चालन गर्नेसमेत छलफल भएको छ ।

सुझावित समाचार