नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्रको ओरालो यात्राका बेला व्यवसायीका धितो लिलामी प्रकृयामा जान बैंक तथा वित्तिय संस्थालाई रोक्नुपर्ने बताएका छन् ।
दोलखा चेम्बर अफ कमर्शको छैटौं साधारणसभा एवं तेस्राे अधिबेशन उद्घाटन गर्न दोलखाको चरिकोट पुगेका अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् । उनले आर्थिक बोझले थलिएका ब्यवसायीहरुलाई उल्टै तनाब दिन भएको धितो समेत लिलाम गर्नु अन्यायपूर्ण भएको बताउदै तत्काल धितो लिलाम गर्ने काम रोक्न सरकारले विधिवत प्रकृयाको थालनी गर्नुपर्ने बताएका छन् ।
अध्यक्ष अग्रवालले उल्लेखित समस्या समाधान गर्न सरकारले उच्चस्तरीय व्यवस्थापन समिति गठन गरेर काम थालनी गर्नुपर्नेमा जोड दिए । उनले बैंकमा खरबौं रकम स्टक रहेपनि व्यवसायीले कर्जा लिएर लगानी गर्न आँट नै गर्न नसकेको बताएका छन् ।
दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा चेम्बर अफ कमर्शका बरिस्ठ उपाध्यक्ष दिपककुमार मलोहत्रा , पत्रकार महासंघका केन्द्रीय सचिव रमेश खतिवडा दोलखा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सुन्दर कार्की लगाएतले निजि क्षेत्रका समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका थिय ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै केही व्यवसायी र सञ्चारकर्मीलाई सम्मान समेत गरिएको चेम्बर अफ कमर्स दोलखाका उपाध्यक्ष रुद्र जंग बुढाथोकीले जानकारी दिए । अधिबेशनमा कोषाध्यक्ष राजकुमार खड्का र उपाध्यक्ष रुद्रजंग बुढाथोकीले आर्थिक तथा सांगठनिक प्रतिबेदन प्रस्तुत गरेका थिय । अधिबेशनको बन्दसत्रले आजै नयाँ नेतृत्व चयन अध्यक्ष विष्णु श्रेष्ठले जनाएका छन् ।