सुनको मूल्य तोलामा दुई हजारले बढ्यो

शुक्रबार, १९ पुष, २०८१
डिजिटल संस्करण

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै आज सुन प्रतितोला  दुई हजार बढेको हो ।

बिहीबार प्रतितोला एक लाख ५१ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख ५३ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भएको छ ।      
  
 

See More On

सुझावित समाचार