माओवादी स्थायी कमिटी बैठक बस्दै

बिहिबार, १८ पुष, २०८१
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्नेछ ।

आइतबार सुरु हुने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न बैठक डाकिएको पार्टी उपमहासचिव मातृका यादवले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र विद्यार्थी संगठनको निर्वाचनका विषयमा पनि छलफल हुनेछ।

सुझावित समाचार