गौतम बुद्ध मुटु अस्पतालमा आलम नेतृत्वको कार्यसमितिको पदस्थापन

मंगलबार, १६ पुष, २०८१
डिजिटल संस्करण

बुटवलस्थित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको चौथो अधिवेशनबाट निर्वाचित एजाज आलम नेतृत्वको कार्यसमितिले पदस्थापन गरेको छ । संस्थाको हालै सम्पन्न अधिवेशनले एजाज आलमको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो । 

संस्थाको निर्वाचन समितिका अनुसार आगामी कार्यकालका लागि सम्मानित सदस्यहरूको तर्फबाट तिलप्रसाद भट्टराई र होमराज बस्याल, विशिष्ठ सदस्यहरूको तर्फबाट बाबुराम बोहोरा र राजेन्द्रसिंह गुरुङ, संस्थागत सदस्यहरूको तर्फबाट उपेन्द्रकुमार अग्रवाल, र खुल्ला सदस्यहरूमा दिनेशराज रेग्मी, हिरामणि भट्टराई, शिवकुमार पाठक, खिमनारायण पराजुली, बोनिन पिया र रुद्र बहादुर हमाल भरूराई निर्विरोध निर्वाचित भएका छन्।

संस्थाको खुल्ला महिला सदस्यमा रेनुका खरेल र बोनिका शर्मा भट्टराई तथा लेखा संयोजक पदमा लोकनाथ पाण्डे र सदस्यहरूमा मणिरत्न पाण्डे तथा रविलाल पोखरेल निर्विरोध चयन भएका थिए।

अस्पताल सञ्चालनमा सहकार्य गर्ने संस्थाहरूबाट पदेन सदस्य हुने व्यवस्थाअनुसार रोटरी क्लब अफ डाउन टाउनबाट जीवन अधिकारी, रोटरी क्लबअफ साउथबाट प्रेम भुर्तेल, रोटरी क्लब अफ बुटवलबाट प्रज्वल थान्जु र रोटरी क्लब अफ सेन्ट्ल बुटवलबाट पुरन ज्ञवाली चयन भएका छन्। अध्यक्ष आलमले भगवती पाण्डे र सुरज क्षेत्रीलाई सदस्यमा मनोनित गरेका थिए ।  यसैबिच संस्थाको नवनिर्वाचित कार्यसमितिको बैठकले संस्थाको बिधानअनुसार जिम्मेवारी बाँडफाट गरेको छ। 

स्वस्थ्य मुटु हाम्रो अभियान भन्ने मुल नाराका साथ १२ असार ०६९ मा गौतम बुद्ध सामुदायिक स्वास्थ्य संस्था स्थापना भएको थियो । १० पुस ०७० बाट संस्थाले बुटवलको रामनगरमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल सञ्चालन गरेको थियो । यहाँ मुटु तथा मिर्गौलाको उपचार हुँदै आएको छ । संस्थाले पाल्पाको तानसेन नगरपालिका बन्दि पोखरा, स्याङजाको वालिङ, दाङको लमही र कपिलवस्तुको बाणगंगा नगरपालिका पिपरामा डायलाइसिस सेन्टर सञ्चालन गर्दै आएको छ।

पदस्थापनमा जग्गा र भवनकै चर्चा
नयाँ नेतृत्वको पदस्थापन कार्यक्रममा प्रदेशका मन्त्रीलाई आमन्त्रण गरिएको थियो । मन्त्री मात्र नभइ कार्यक्रममा प्रदेशका पूर्व मन्त्रीदेखि संविधान सभा सदस्यसम्म उपस्थित थिए ।
कार्यक्रममा अस्पतालको सेवा व्यवस्थित गर्न भवन आवश्यक भएको र त्यसका लागि जग्गा अभाव बारे दोहोर्याइएको थियो । कार्यक्रममाा लुम्विनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालले अस्पताललाई सहयोग गर्ने प्रतिबद्धता जनाए । लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री विष्णु पन्थीले सरकारले समुदायसँग मिलेर स्वास्थ्य क्षेत्रमा योजनाबद्ध ढंगले काम गर्नु पर्ने बताए।

संबिधानसभा सदस्य नेत्रप्रसाद पन्थीले मुटु अस्पतालले खेलेको भूमिकाको चर्चा गर्दै जग्गा प्राप्तिका विषयमा अर्थमन्त्रीसँग पनि जिज्ञाशा राखेको र छिट्टै प्राप्त हुनेमा विश्वास ब्यक्त गरे । कार्यक्रममा  रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डेलगायतले मुटु अस्पतालले खेलेको भूमिका तथा स्वास्थ्य क्षेत्रका बारेमा चर्चा गरेका थिए । 

सुझावित समाचार