सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको ७१ वर्षको उमेरमा निधन भएको छ। शुक्रबार राती हृदयाघातका कारण उनको निधन भएको परिवार निकट कानून व्यवसायीले जानकारी दिए ।
आफ्नै निवासमा उनको निधन भएको हो। गोरखा घर भएका वस्ती कानून र न्यायका क्षेत्रमा प्राज्ञिक र अध्येताका रूपमा परिचित थिए। उनको अन्तिम संस्कार आइतबार हुने परिवारले जानकारी दिएको छ।
न्यायाधीश वस्तीका कानूनी क्षेत्रमा शोध र अध्ययनमूलक पुस्तक प्रकाशित छन्। उनी २०६५ माघ ९ देखि २०७० चैत ३० सम्म सर्वोच्च अदालतको न्यायाधीशका रूपमा रहेका थिए।