मंगोलियाको ६० प्रतिशतभन्दा बढी भू-भागमा हिउँ

मंगलबार, ९ पुष, २०८१
डिजिटल संस्करण

मंगोलियाको ६० प्रतिशतभन्दा बढी भू-भाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले सोमबार जनाएको छ । ‘मंगोलियाको कम्तीमा ६४ प्रतिशत क्षेत्र अब हिउँले ढाकेको छ,’ मौसम एजेन्सीले जनाएको छ । सोमबार बिहानसम्म देशका २१ मध्ये पाँच प्रदेशमा हिमपात जारी रहेको छ ।

मंगोलिया जाडोको लागि प्रसिद्ध छ । गत हिउँदमा देशमा पाँच दशकयताकै सबैभन्दा ठुलो हिमपात भएको थियो, जसका कारण ठुलो बाढी आएको र लाखौँ पशुधनको क्षति भएको थियो । यस हिउँदमा, एसियाली देशका अधिकांश भागहरूमा दीर्घकालीन औसतभन्दा चिसो तापक्रम बढ्ने मौसमविद्ले जनाएका छन् ।

सुझावित समाचार