राजविराजबाट १४ लाख रुपैयाँसहित एकजना पक्राउ

मंगलबार, ९ पुष, २०८१
डिजिटल संस्करण

प्रहरीले स्रोत नखुलेको १४ लाख सात सय रुपैयाँसहित एकजनालाई  पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका– ७ का महेन्द्र साह रहेका छन् । गत पुस ४ गते राजविराजको सिराहा रोडबाट उक्त रकमसहित साहलाई नियन्त्रणमा लिए पनि प्रहरीले घटना मंगलबार बिहान मात्र  सार्वजनिक गरेको हाे  ।

उक्त रकम हुन्डी कारोबारको रहेको प्रहरी स्राेतले जानकारी दिए  । सप्तरीका प्रहरी प्रमुख  एसपी ढकेन्द्र खतिवडाले पक्राउ गरिएका साहमाथि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ कसुरअन्तर्गत मुद्दाको प्रक्रिया अघि बढाइएको बताए ।

सुझावित समाचार