सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा भाेलि वर्षाको सम्भावना

सोमबार, ८ पुष, २०८१
डिजिटल संस्करण

आज (सोमबार) रातिदेखि पश्चिम नेपालमा वर्षाको सम्भावना छ। मंगलबार भने देशभर बादल लाग्ने भएकाले जाडो बढ्ने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीका कारण सोमबार राति र मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही तथा बागमतीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ। यी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको पनि आकलन गरिएको छ। त्यसबाहेक कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा वर्षा हुने देखिन्छ। 

‘यो प्रणालीको बढी असर गण्डकीसम्म पर्ने देखिन्छ, तर भोलि दिनभरजसो देशका धेरैठाउँमा बादल लाग्ने भएकाले जाडो बढ्छ,’ मौसमविद् लामिछानेले भने, ‘अधिकतम र न्यूनतम दुवै तापक्रम घट्ने भएकाले न्यानो लुगा लगाएर हिँडडुल गर्न अनुरोध छ।’

तराई र पहाडी क्षेत्रमा वर्षा र उच्च पहाडीसँगै हिमाली क्षेत्रमा हिमपात पनि हुने भएकाले केही दिन जाडो बढ्ने आकलन महाशाखाले गरेको छ। आइतबारको तुलनामा सोमबार जाडो बढेको छ। बुधबार भने मौसममा सुधार हुने देखिन्छ।
 

सुझावित समाचार