दोस्रो थन्डर बोल्ट्स कप खेलकुद : ब्लु बर्ड प्रथम

आइतबार, ३० मंसिर, २०८१
डिजिटल संस्करण

जेम्स विद्यालयद्वारा आयोजित ‘दोस्रो थन्डर बोल्ट्स कप खेलकुद, २०२४ अन्तर्गत १८ वर्षमुनिका छात्रा फुटसलमा ब्लुबर्ड स्कुल प्रथम, एभिएम स्कुल द्वितीय र पुष्पाञ्जली स्कुल तृतीय भएका छन्। 

प्रतियोगितामा जेम्स स्कुल, पुष्पाञ्जली स्कुल, एभिएम स्कुल, ब्लुबर्ड स्कुल, युलेन्स स्कुल, ब्लुम स्कुल, काठमान्डु वर्ल्ड स्कुल, कितिनी स्कुललगायतले सहभागिता जनाएका थिए। 

१६ वर्षमुनि छात्र फुटबलमा विनायक स्कुल, जेम्स स्कुल, नेपाल पुलिस स्कुल र एपिएफ स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन्। आइतबार भएको क्वार्टरफाइनलमा विनायक स्कुलले लर्ड लाइट एकेडेमीलाई ३–१ ले, नेपाल पुलिस स्कुलले इम्पेरिएल वर्ल्ड स्कुललाई ५–२ ले,  जेम्स स्कुलले ब्रह्मकुञ्ज स्कुललाई ३–० ले र एपिएफ स्कुलले डिएभी स्कुललाई ८–० ले पराजित गरेको थियो।  

यस्तै, १६ वर्षमुनि छात्र क्रिकेट प्रतिस्पर्धामा एलआरआई स्कुलले जेम्स स्कुल र मातृभूमि स्कुललाई समान पाँच विकेटले पराजित गर्यो। नेपाल पुलिस स्कुलले मनकामना स्कुललाई पाँच विकेटले र डिएभी स्कुलले नेपाल पुलिस स्कुललाई एक रनले पराजित गर्याे। 

१६ र १८ वर्षमुनि छात्र र १८ वर्षमुनिका छात्रा बास्केटबल प्रतिस्पर्धा जारी छ । उक्त प्रतियोगितामा जेम्स स्कुल, जेभियर इन्टरनेसनल कलेज, गोल्डेनगेट कलेज, रातो बङ्गला स्कुल, सेन्ट जेभियर्स स्कुल, एलआरआई स्कुल, नामी स्कुललगायतका विद्यालयले सहभागिता जनाइरहेका छन्।

सुझावित समाचार