नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख ५४ हजार दुई सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार तोलाको एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदी तोलामा एक हजार ९२५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्य तय भएको हो ।