रविमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्‍यो : प्रचण्ड

सोमबार, २४ मंसिर, २०८१
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सरकारले निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष ‘प्रचण्ड’ले लामिछानेमाथि सरकारले गरिरहेको व्यवहारको निन्दासमेत गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु ।’

सुझावित समाचार