कांग्रेसको बालबालिका तथा किशोरकिशोरी समन्वय विभागमा १० सदस्य मनोनयन

आइतबार, २३ मंसिर, २०८१
डिजिटल संस्करण


कांग्रेसले बालबालिका तथा किशोरकिशोरी समन्वय विभागमा १० सदस्य मनोनयन गरेको छ।

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा. जीवन रानाको संयोजकत्वमा रहेको बालबालिका तथा किशोरकिशोरी समन्वय विभागमा १० सदस्य मनोनयन गरेका हुन्। 

सदस्यहरूमा लक्ष्मी ठाकुर (सुनसरी), योगमाया गिरी (इलाम), निर्मल घिसिङ (रामेछाप), चन्द्र गुरुङ (कास्की), खलिल खाँ (बाँके), रूपा विक (रूपन्देही), सुशीला बम (कालीकोट), यादवकृष्ण चौधरी (बारा), हरि अधिकारी (कञ्चनपुर) र भागीरथी विष्ट (कञ्चनपुर)लाई मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

सुझावित समाचार