मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा लडेर एक महिलाको मृत्यु भएको छ। मकवानपुर प्रहरीका अनुसार आइतबार बिहान इन्द्रसरोवर गाउँपालिका- ३, छुरीगाउँकी ५० वर्षीया शर्मिला डिम्डुङको लडेर मृत्य भएकाे हाे।
मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार शनिबार डिम्डुङ घरबाट कुलेखानी जान्छु भनी हिँडेको र बेलुकासम्म घर नफर्किएपछि खोज्ने क्रममा शर्मिलालाई इन्द्रसरोवर– ४, पौवामा मृत अवस्थामा फेला पारिएको हो। प्रवक्ता अर्यालले घटनाको बारेमा आवश्यक अनुसन्धान थालिएको जानकारी दिए।