पोखरा एभेन्जर्सका ओपनर आन्द्रेस गौसले एनपिएलमा शतक बनाएका छन् । जवाफी ब्याटिङ गरिरहेको पोखराका लागि अमेरिकाका गौसले शतक बनाएका हुन् ।
एनपिएलमा शतक बनाउने उनी पहिलो खेलाडी हुन् । यसअघि १० अर्धशतक बनेका छन् । उनले १२ चौका र पाँच छक्कासहित ५४ बलमा शतक बनाएका हुन् । अर्धशतक बनाएका दिनेश खरेलसँग गोसले १७६ रनको साझेदारी गरिसकेका छन् ।