भुटानी राजा स्वदेश फिर्ता

शुक्रबार, २१ मंसिर, २०८१
डिजिटल संस्करण

अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आएका भुटानी राजा नरेश जिग्मे खेसर नाम्गेल वाङचुक आज स्वदेश फर्किएका छन् । उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेकी थिइन् ।  

आज बिहान काठमाडौं आएका भुटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका थिए । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौं आएका हुन् । 

सुझावित समाचार