एनपिएलमा मैदानबाटै सट्टेबाज : भारतबाट आएर सट्टेबाज खेलाएका चार पक्राउ

बुधबार, १९ मंसिर, २०८१
डिजिटल संस्करण

नेपाल प्रिमियर लिग (एनपिएल)मा अनलाइनमार्फत सट्टेबाज लगाउने चार भारतीयलाई प्रहरीले कीर्तिपुर क्रिकेट मैदानबाटै पक्राउ गरेको छ । कोलकाताका २४ वर्षीय सुमन घोस, उत्तरप्रदेशका २५ वर्षीय अमित यादव, बिहारका २७ वर्षीय सुमन्तकुमार र ३० वर्षीय ब्रजेश कुमार पक्राउ परेका हुन् । 

चारैजनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको प्रहरी टोलीले मैदानभित्रैबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले स्पोर्ट बाजी, प्रोबोलगायत एप्स प्रयोग गरेर अनलाइनबाट सट्टेबाजी खेलाइरहेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सिआइबीका प्रवक्ता एसपी होबीन्द्र्र बोगटीले पक्राउ परेकाहरू सट्टेबाजका पेसेबर रहेको बताए । उनले भने, ‘यिनीहरू सट्टेबाज खेलाउन भारतदेखि आएको देखिन्छ । यिनीहरूले सट्टेबाजलाई पेसा नै बनाएको देखिन्छ ।’ 

सुझावित समाचार