कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बाराको बरियारपुरस्थित गढीमाईको दर्शन र पूजा गरेका छन्। उनले मंगलबार पूजाआजा गरेको मेलाको मूल व्यवस्थापन समितिले जनाएको छ।
गढीमाईमा हरेक पाँच वर्षमा मेला लाग्ने गर्छ। गढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले सहरी विकासमन्त्रीसमेत रहेका सिंहको स्वागत गरेका थिए। उनले मेला तथा व्यवस्थापनबारे सिंहलाई जानकारी गराउँदै मन्दिरपरिसर घुमाएका थिए।
मेलामा नेपालबाट मात्र नभई छिमेकी भारतको विहार, उत्तरप्रदेश, उडिसा, पश्चिम बंगाललगायतबाट समेत हजारौँ दर्शनार्थी आउने गर्छन्। गढीमाई मन्दिर बलिको लागि प्रसिद्ध छ। यहाँ २३ मंसिरमा राँगा र २४ मंसिरमा बोका बली दिइने तयारी छ। यी दिनमा भिड अझै बढ्ने आकलनसहित सुरक्षा व्यवस्था कडा बनाइएको व्यवस्थापन समितिको भनाइ छ।