प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटवार्ता

मंगलबार, १८ मंसिर, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच भेटवार्ता भएको छ।

चारदिने औपचारिक भ्रमणमा सोमबार चीन गएका प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिङपिङबिच बेइजिङमा भेटवार्ता भएको हो।

यसअघि आजै प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबिच ग्रेट हल अफ पिपलमा भेटवार्ता भएको थियो। प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो।
 

सुझावित समाचार