चिसो बढेसँगै सुनसान रारा (तस्बिरहरू)

मंगलबार, १८ मंसिर, २०८१
डिजिटल संस्करण
चिसो बढेसँगै सुनसान रारा (तस्बिरहरू)

तस्बिर : अच्युतराज भण्डारी मुगु/नयाँ पत्रिका

हिमाली क्षेत्रमा चिसो बढेसँगै नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा ताल सुनसान बन्न थालेको छ। चिसोका कारण पर्यटकको आगमन घट्न थालेपछि रारा क्षेत्रका होटेल र आसपासका रमणिय ठाउँहरू सुनसानजस्तै बनेका छन्।

समुद्री सतहबाट २९९० मिटर उचाइमा रहेको यो तालमा पर्यटकहरुकोलागि  विशेष गरेर वैशाख, असार,असोज, कात्तिक, फागुन, चैत गरी वर्षमा ३ पटक सिजन चल्ने गर्दछ । 

चिसो बडेसंगै रारा ताल पर्यटक घटेसंगै घोडा ब्यवसायी  मर्कामा परेका परेका छ्न । उनीहरु दैनिक जसो पर्यटकलाई रारा ताल आसपास घुमाउनेर आफ्नो गुजारा चलाउने गर्थे । पर्यटकको पर्खाइमा छन् ब्यवसायी ।

 चिसोका बाबजुद पनि राराको प्राकृतिक सौन्दर्यलाई अनुभव गर्न केही साहसी पर्यटक भने फाटफुट रूपमा आइरहेका छन्।

सुझावित समाचार