सिराहाको मिर्चैया इलाका प्रहरी कार्यालयअगाडि एम्बुलेन्समा शव राखेर प्रदर्शन गरिएकाे छ ।
आइतबार बिहान नालामा जमेको पानीमा डुबेर मृत्यु भएकी ३५ वर्षीया रेजिना महतोको शव परिवारजन र आफन्तले सोमबार बिहान ९ देखि अपराह्न ४ बजेसम्म प्रहरी कार्यालयअगाडि राखेका थिए ।
उनीहरूले नाला निर्माण नगरी त्यत्तिकै छोडिएको विषयमा छानबिनको माग राखेपछि तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।