पूर्वप्रधानमन्त्री खनाल चीन प्रस्थान

शनिबार, १५ मंसिर, २०८१
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चीनको ग्वान्जाओमा आयोजना हुने विश्व सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले चीन सरकारले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ बिआरआई परियोजना स्वीकार गर्नुपर्ने बताए। 

उनले भने,  नेपालले आफ्नो आवश्यकता र हितलाई दृष्टिगत गरी बिआरआई स्वीकार गर्नुपर्छ। नेपाल र चीनबिचको सम्बन्धलाई अझ सुमधुर बनाउनुपर्छ। बिआरआईमार्फत हामीले ऋण र अनुदान लिन सक्छौँ। हामीले राष्ट्रहितमा निर्णय गर्नुपर्छ।

सुझावित समाचार