एकादशीमा हराएका किशोर कालीगण्डकी किनारमा मृत भेटिए

मंगलबार, ११ मंसिर, २०८१
डिजिटल संस्करण

नवलपुर जिल्लाको गैँडाकोट नगरपालिका– ३,  घोक्रेफाँटस्थित कालीगण्डकी नदीको किनारमा १५ वर्षीय किशोरको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार तनहुँ जिल्लाको रिसिङ गाउँपालिका– ५ रेसौ बस्ने आइते कुमालका छोरा गोपाल कुमालको शव कालीगण्डकी किनारमा फेला परेको हो।

रिसिङ– ४ भिरकोटमा लाग्ने एकादशी मेला हेर्न गएका गोपाल कात्तिक २७ गते कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।

सुझावित समाचार