पाकिस्तानमा भएकोे साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु

मंगलबार, ११ मंसिर, २०८१
डिजिटल संस्करण

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्म जिल्लामा भएको साम्प्रदायिक झडपमा ज्यान गुमाउनेको संख्या बढेर ८८ जना पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

गत बिहीबार पाराचिनार क्षेत्रमा शिया मुसलमान यात्रुहरू बोकेको गाडीमा  आक्रमण गर्दा भएको हिंसामा ठुलो हताहत भएको थियो ।

यस आक्रमणले सिया र सुन्नी समुदायबिच साम्प्रदायिक हिंसाको लहर निम्त्याएको छ भने पछिल्ला दिनमा धेरै आक्रमणले मृतकको संख्या अझै बढ्दै गएको छ । 
 
 हाल प्रान्तीय सरकारको प्रतिनिधिमण्डलले प्रभावित  जिल्लाको स्थलगत  भ्रमण गरी दुवै सम्प्रदायबिच सात दिनका लागि युद्धविराम गर्ने सहमति भएको छ । 

सुझावित समाचार