१३ वर्षअघि अंशबापत पाएको ५ रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालिका–४, सुर्केमेलाका डिलबहादुर केसीलाई धेरैले गाली गरेका थिए। ५ वर्ष युएई र मलेसियामा काम गरेर फर्किएका उनले धान खेत मासेर सुन्तलाका बिरुवा रोपेका थिए।
‘बुबाले अंश दिएको १० रोपनी खेतमा सुन्तलाका बिरुवा लगाउँदा आफन्त र छिमेकीहरूले धान फल्ने खेतमा काँडा रोपेर छोराछोरी भोकै पार्ने भइस् भनेर गाली गरेका थिए,’ ४४ वर्षीय केसीले भने, ‘त्यसवेला गाली गर्नेहरू अहिले मैले सुन्तला बेचेर आम्दानी गरेको देखेर दंग परेका छन्।’