लुम्बिनीमा बन्याे हजार बुद्धको महाविहार

शुक्रबार, ७ मंसिर, २०८१
डिजिटल संस्करण

लुम्बिनीमा नवनिर्मित पाल थुब्तेन सेडुप लिङ गुम्बा (हजार बुद्धको महाविहार) को उद्घाटन गरिएको छ । कानिङ सेडुव लिङ गुम्बा संगठन तथा लुम्बिनी विकास कोष परिवारले निर्माण गरेको गुम्बाको शुक्रबार उद्घाटन गरिएको हो । 

बौद्ध गुरु छोकी निमा रिन्पोछे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले गुम्बाको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बौद्ध गुरु निमा रिन्पोछेले देश, विदेशका चन्दादाताको सहयोगबाट हजार बुद्धको महाविहार निर्माण भएको बताए । 

बुद्ध भगवानको जन्मस्थल लुम्बिनीमा विहार निर्माण गर्न पाउँदा निकै खुसी लागेको र आफूहरूलाई पूजाको वातावरण बनाइदिन उनले आग्रह गरे । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले लुम्बिनीमा ठुलो गुम्बा निर्माण हुनु लुम्बिनी र नेपालसँगै विश्वका शान्तिप्रेमीहरूका लागि गौरव भएको बताए । 

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्दिन खान, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, कोषका सदस्यसचिव सानुराजा शाक्यलगायतका व्यक्तिहरूको सहभागिता थियो । 
विहार उद्घाटनअघि ४ मंसिरदेखि प्राण प्रतिष्ठान पूजा गरिएको थियो । 
 

सुझावित समाचार