गौरीशंकर गाउँपालिका उपाध्यक्षमा दलभन्दा स्वतन्त्र उम्मेदवार धेरै

आइतबार, २ मंसिर, २०८१
डिजिटल संस्करण

दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका नौ स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी परेको छ। यहाँ दलभन्दा स्वतन्त्रबाट बढी उम्मेदवार छन्।

कांग्रेसका पासदिकी तामाङ, एमालेका उमा लुंगेलीमगर शेर्पा, माओवादीका निमलेकी शेर्पा, एकीकृत समाजवादीका रविना खड्का, रास्वपाका गोमा श्रेष्ठ, राप्रपाका मनकुमारी श्रेष्ठ र जसपाका सपना कार्कीको उम्मेदवारी परेको छ।

१६ मंसिरमा हुने उपनिर्वाचनका लागि अप्सरा विश्वकर्मा, अम्बिका श्रेष्ठ, दीपक तामाङ, दिलबहादुर बस्नेत, द्वारिका बुढाथोकी, पुष्पा कार्की, मधुरा कार्की, शिवशम्भु तामाङ र सर्किमा शेर्पाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। कांग्रेसले श्यामसुन्दरकी पत्नी पासदिकीलाई उम्मेदवार बनाएको हो।

मनोनयन दर्ता कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत, प्रदेशमन्त्री कुन्दनराज काफ्ले, एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री पार्वत गुरुङ, माओवादीका नेता एवं पूर्व प्रदेशमन्त्री विशाल खड्कालगायतको सहभागिता थियो।

सुझावित समाचार