‘एनडेक’ बैठकमा १५ विषयमा छलफल र निर्णय

शनिबार, १ मंसिर, २०८१
डिजिटल संस्करण

हामीले गतिका साथ काम गरेर साहसिक निर्णय लिनुपर्नेछ । कृषिको आधुनिकीकरण र निजी क्षेत्रलाई प्रोत्साहित गर्दै उत्पादन र उत्पादकत्व बढाउनुपर्नेछ । उद्यमीलाई तर्साउने र गाली गर्ने अनि त्यस्तै प्रवृत्तिले ताली पाउने खालका कार्यलाई कडाइका साथ निरुत्साहन गर्नुपर्छ : केपी ओली, प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय विकास समस्या समाधान समिति (एनडेक) को ५३औँ बैठकले विभिन्न १५ विषयमा छलफल र निर्णय गरेको छ ।

प्रत्येक तीन–तीन महिनामा बस्नुपर्ने बैठक सात महिनापछि शुक्रबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको थियो । सो बैठकले जनगुनासोलाई सम्बोधन गर्दै चुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सञ्चालन गर्ने विषयलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।

मुलुकको समग्र आर्थिक परिसूचकको अवस्था, विद्यमान आयोजनाको प्रगति, समस्या र समाधानबारे छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । राष्ट्रिय गौरवका आयोजनाको विद्यमान समस्या, तिनका कारण र समाधानका उपायसहितका कार्यसूचीमा छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले विकासका लागि सुशासन आवश्यक भएकाले शासकीय सुधारलाई पहिलो नम्बरमा राखेर निर्णय गरिएको जानकारी दिएका थिए । उनले वन वातावरण संरक्षण गर्दै यस क्षेत्रले विकासका आयोजनालाई सहजीकरण गर्नुपर्ने र विकासलाई अवरोध गर्ने गरी वनसम्बन्धी निकायले काम गर्न नहुने पनि बताए ।

यी विषयमा भयो छलफल

  • शासकीय सुधार
  • राष्ट्रिय गौरवका आयोजना
  • आयोजनामा वन क्षेत्रको उपयोग
  • आयोजना बैंक
  • जिल्ला दररेट निर्धारण
  • बालसुधारगृह सञ्चालन तथा सडक बालबालिकामुक्त अभियान
  • सरकारी भवन निर्माण  िसमपूरक अनुदान
  • १६औँ आयोजनाको कार्यान्वयन
  • बहुवर्षीय ठेक्का व्यवस्थापन  
  • विद्युत् महसुल संकलन विनियमावली  
  • अनिवार्य तथा निःशुल्क शिक्षा  
  • सार्वजनिक सेवामा इन्टर्नसिप  
  • विपत् उत्थानशील पूर्वाधार निर्माण 
  • विपत्पछिको पुनर्निर्माण तथा पुनर्स्थापना
     
See More On

सुझावित समाचार