मकवानपुरको बकैयास्थित बुद्ध माविका प्रअ लामामाथि गोली प्रहार

आइतबार, २५ कार्तिक, २०८१
डिजिटल संस्करण

मकवानपुरको बकैया गाउँपालिकाको हात्तीसुँडेमा रहेको बुद्ध माविका प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ। जिल्लाको बागमती गाउँपालिका वडा नम्बर १ बोटगाउँका प्रेमबहादुर बोम्जनमाथि आइतबार दिउँसो गोली प्रहार भएको हो। उनको दाहिने गालामा गोली लागेको छ। 

मकवानपुरको बागमतीबाट प्रदेश २–००३–००६ प ८४५४ नम्बरको मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदैगर्दा बोम्जनमाथि धरान-चतरा सडकखण्डअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ६ मा गोली प्रहार भएको सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्काले जानकारी दिए।

बोम्जनलाई तीनजनाको समूहमा आएका व्यक्तिले गोली प्रहार गरेका थिए। मोटरसाइकलमा प्रअ बोम्जनसँगै उनका भाइसमेत रहेको र उनलाई भने केही पनि नभएको प्रवक्ता खड्काले बताए। प्रअ बोम्जनलाई प्राथमिक उपचारपछि वीरगन्ज पठाइएको र गोली प्रहार गर्नेको खोजीकार्य भइरहेको उनले जानकारी  दिए।

सुझावित समाचार