नेप्से परिसूचक ६२ अंकले बढ्दा करिब १० अर्बको कारोबार

आइतबार, २५ कार्तिक, २०८१
डिजिटल संस्करण

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिँदा करिब  १० अर्ब  रुपैयाँबराबरको कारोबार भएको छ । आज नेप्से परिसूचक ६२.५४ अंकको वृद्धिपछि दुई हजार ७३८.०६ को अंकमा कायम भएको हो ।

३२५ कम्पनीको दुई करोड २४ लाख ७४ हजार २८१ कित्ता सेयर एक लाख ६५१ पटक खरिद–बिक्री हुँदा रु. नौ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ बराबरको कारोबार भएको छ । आज जलविद्युत् समूहको उपसूचकमा सबैभन्दा बढी झ.२६ प्रतिशतको वृद्धि देखिएको छ ।

बैंकिङ १.६२, विकास बैंक २.७१, वित्त २.४८, होटेल तथा पर्यटन ०.९६ र लगानी समूह २.५६ प्रतिशतले बढेको छ । जीवन बिमा २.१६, उत्पादन तथा प्रशोधन २.३२, लघुवित्त १.५१, म्युचुअल फन्ड ०.६२, निर्जीवन बिमा १.९५, व्यापार १.१५ र अन्य समूह २.५२ प्रतिशतले बढेको छ ।

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपरमादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सानिमा ग्रोथ फन्डको सेयर मूल्य ६.७६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको रु. ३८ करोड चार लाख ३७ हजारको सेयर किनबेच भएको छ । त्यस्तै, कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा बढी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी प्रमोटर सेयर १० लाख ४७ हजार ३५ कित्ता सेयर किनबेच भएको छ ।
 

See More On

सुझावित समाचार