विश्व बैंकले लगानी गरेका आयोजनाको तयारी फास्ट ट्रयाकमा

बिहिबार, २२ कार्तिक, २०८१
डिजिटल संस्करण

आयोजनाको पूर्वतयारीमा विशेष ध्यान दिन र आयोजना स्वीकृत भएपछि कार्यान्वयनमा तदारुकताका साथ लाग्नुपर्छ । नेपालले आफ्नो आवश्यकताअनुसार सहयोग लिने र अधिकतम प्रतिफल दिने ठाउँमा लगानी गर्छ : विष्णुप्रसाद पौडेल, अर्थमन्त्री

विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब ७२ अर्बबराबरका पाँचवटा आयोजनाको तयारी ‘फास्ट ट्र्याक’मा गरिने भएको छ । अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व–पश्चिम राजमार्गको बागमती–पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत् वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्वतयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो ।

यसैगरी, तेस्रो चरणको रानीजमरा–कुलरिया सिँचाइ र पहुँच तथा उत्थानशीलताका लागि डिजिटल सेवा रूपान्तरणसम्बन्धी आयोजनाको तयारी पनि फास्ट ट्र्याकमा गर्ने निर्णय भएको छ । 

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाको पूर्वतयारीमा विशेष ध्यान दिन र आयोजना स्वीकृत भएपछि कार्यान्वयनमा तदारुकताका साथ लाग्न निर्देशन दिए । उनले नेपालले आफ्नो आवश्यकताअनुसार सहयोग लिने र प्रतिफल दिने ठाउँमा लगानी गर्ने बताए । 

विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा सञ्चालन हुने आयोजनाको सम्बन्धित मन्त्रालयले सरोकारवालासँग छलफल गरी पूर्वतयारी गर्नेछन् । 

सुझावित समाचार