भारतको उत्तराखण्डमा बस दुर्घटना, ३६ जनाको मृत्यु

सोमबार, १९ कार्तिक, २०८१
डिजिटल संस्करण

भारतको अल्मोडा जिल्लास्थित मार्चुलानजिकै यात्रुवाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ। करिब ४० यात्रु सवार बस सोमबार बिहान दुर्घटनामा परेको हो।

‘कम्तीमा २० जनाको मृत्यु पुष्टि भएको छ, घाइतेहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ,’ अधिकारीलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ।

खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ।

पौडी गढवाल जिल्लाको नैनीडाँडादेखि नैनीताल जिल्लाको रामनगरतर्फ जाँदै गरेको बस बिहान करिब ७ बजेतिर दुर्घटनामा परेको बताइएको छ।

सुझावित समाचार