नौ लाख नगदसहित जुवा खेल्दै गरेका १५ जना पक्राउ

आइतबार, १८ कार्तिक, २०८१
डिजिटल संस्करण

सुनसरीको बराहक्षेत्र नगरपालिका–३, नडाहाबाट प्रहरीले जुवा खेलिरहेका १५ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा धरानबाट परिचालन भएको प्रहरी टोलीले नौ लाख ६८ हजार नगदसहित १५ जनालाई पक्राउ गरेको हो।

उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको जिल्ला प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाले जानकारी दिए। उनका अनुसार उनीहरूको साथबाट १२ थान मोबाइलसमेत बरामद गरिएको छ।

उनीहरूमध्ये केहीबाट सार्वजनिक (अपराध र सजाय) ऐ २०२७ को बर्खिलाप कसुरसमेत भएकोले सोही ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी प्रमुख तिम्सिनाले जानकारी दिए।

See More On

सुझावित समाचार