महोत्तरी जिल्लाको एकडारा गाउँपालिका- ३ भटौलिया भन्ने स्थानमा सशस्त्र प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। ८ गते राति ११ बजेको समयमा सशस्त्र प्रहरी बल, नेपाल एकडारा चेकपोस्टबाट सइ रामगणेश महतोको कमान्डमा खटिएको मोबाइल गस्तीले चारवटा पोकामा प्याक गरिएको ६०.८ किलोग्राम गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरीको टोलीलाई देखी उक्त प्रतिबन्धित गाँजा भारततर्फ लैजाँदै गरेका चारजना व्यक्ति गाँजा छाडी भागेका छन्। फरार व्यक्तिको खोजी भइरहेको जलसागरस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गण हेडक्वार्टर महोत्तरीको जनाएको छ।
बरामद गरिएको गाँजा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीले जानकारी दिएका छन् ।