सिद्धार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। असाेज १० देखि १२ गतेसम्मको अविरल वर्षापछिको बाढीपहिरोका कारण देशले जनधनको क्षति व्यहोर्नुपरेको दुःखद घडीमा प्रभावित जनताको राहतका लागि उक्त रकम सहयोग गरेको बैंकले जनाएको छ।
बैंकले विभिन्न समयमा दैवी प्रकोपमा परेका पीडितहरूको उद्धार र पुनर्स्थापनाको कार्यहरूमा सामाजिक उत्तरदायित्वअन्तर्गत देशको एक जिम्मेवार वित्तीय संस्थाको रूपमा सहभागिता जनाउँदै आएको छ।