झापामा तास खेल्ने १२ जना पक्राउ

मंगलबार, २९ असोज, २०८१
डिजिटल संस्करण

झापामा तास खेल्ने १२ जना पक्राउ परेका छन् । झापाको शिवसताक्षी– ९ दुधेबाट तास खेलिरहेको अवस्थामा उनीहरूलाई पाँच लाख चार हजार ३० रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा शिवसताक्षी नगपालिका– ६ का ५० वर्षीय मिलन भण्डारी, सोही ठाउँका ४७ वर्षी दीपक तामाङ, ४२ वर्षीय नवीन तिम्सिना, शिवसताक्षी– ९ का ३९ वर्षीय प्रकाश लिम्बू, सोही ठाउँका ३७ वर्षीय भीमबहादुर भण्डारी, ४१ वर्षीय दिनेश बाराकोटी, ४१ वर्षीय खगेन्द्र उप्रेती, ३९ वर्षीय विनोद खरेल, २० वर्षीय सौगात मैनाली, शिवसताक्षी– ११ का ३२ वर्षीय नरेन्द्र विश्वकर्मा, सोही ठाउँका ३६ लोकबहादुर विश्वकर्मा र भारत काेलकाताका ४१ वर्षीय परिदोष पल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक निशान थापाको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार राति पक्राउ गरेको हो । शिवसताक्षी– ९ दुधेस्थित विनोद खरेलको घरमा रहेको सगरमाथा होटेलमा जुवाजन्य तास खेलाउँदै गरेको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ । 

सुझावित समाचार