नेपाल भेन्चर्स प्रालिले आफ्नो नयाँ उत्पादन ‘मंगलदीप गुलाफ चन्दन अगरबत्ती’ सार्वजनिक गरेको छ । हरेक पवित्र अवसरलाई लक्षित गरी आकर्षक प्याकेजिङले सुसज्जित गुलाफ चन्दन अगरबत्तीको हरेक प्याकमा नौ इन्चका ४० वटा काँटी रहेका छन् ।
कम्पनीले गुलाफ चन्दन अगरबत्तीको प्रत्येक प्याकको बिक्री मूल्य ५० रुपैयाँ कायम गरेको छ । यो अगरबत्तीमा गुलाफ र चन्दनको सुवासको सम्मिश्रण रहेको र सम्भवतः पहिलोपटक यस किसिमको नयाँ सुवास सबैमाझ उपलब्ध हुने कम्पनीको दाबी छ ।
उत्कृष्ट गुणस्तरीयता कायम राखी मंगलदीप पूजा अगरबत्तीले मंगलदीप ब्रान्डको छवि र ब्रान्डप्रति उपभोक्ताको लगाबलाई बलियो बनाउने विश्वास कम्पनीले लिएको छ । यस उत्पादनले प्रिमियम अगरबत्ती खोज्नुहुने सम्पूर्ण ग्राहकको मन जित्ने विश्वास कम्पनीले लिएको छ । मंगलदीप पूजा अगरबत्तीअन्तर्गत चम्पा, सुपर चम्पा, जस्मिन, चम्पा चमेलीलगायतका विभिन्न ब्रान्ड बजारमा सर्वत्र उपलब्ध छन् ।