गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले सत्प्रयास सिद्धि सेवाश्रमलाई आर्थिक सहयोग गरेको छ । फाइनान्सले हालैको बाढीपहिरोले क्षति पुर्याएको काठमाडौं महानगरपालिका वडा नं १२ टेकु पचलीघाटमा रहेको सत्प्रयास सिद्धि सेवाश्रमलाई २५ हजार रुपैयाँ सहयोग गरेको हो ।
नगद सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी, सहायक महाप्रबन्धक अर्चना प्रधान, मुख्य प्रबन्धक शिल्पा प्रधानांगको उपस्थिति थियो ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस संस्थाले विगतदेखि नै सामाजिक काममा सहकार्य गर्दै आइरहेकोे छ । संस्थाले देशभर २३ वटा शाखा कार्यालय, चारवटा विस्तारित काउन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ ।