दुधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपीमाया गुरुङको निधन

मंगलबार, २२ असोज, २०८१
डिजिटल संस्करण

लमजुङको दुधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपीमाया गुरुङको निधन भएको छ । पाठेघरको क्यान्सरबाट पीडित गुरुङको ५८ वर्षको उमेरमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि गुरुङलाई उपचारका लागि चितवन लैजाँदै गर्दा मंगलबार बिहान बाटाेमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको  छ ।

गुरुङ कांग्रेस गण्डकी प्रदेश समिति सदस्य तथा महासमिति सदस्य हुन् । उनी ०७४ मा सम्पन्न स्थानीय तहको चुनावमा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन् । कांग्रेस जिल्ला कार्यसमिति लमजुङले मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ । 

सुझावित समाचार