बुटवल उद्योग वाणिज्य संघमा दुईजना परामर्शदाता र एकजना कार्यसमिति सदस्य मनोनीत

मंगलबार, २२ असोज, २०८१
डिजिटल संस्करण

बुटवल उद्योग वाणिज्य संघमा दुईजना परामर्शदाता तथा एकजना कार्यसमिति सदस्य मनोनीत गरिएको छ । संघको सोमबार बसेको कार्यसमितिको बैठकले बैंक तथा वित्तीय क्षेत्रको परामर्शदातामा शाइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेललाई मनोनीत गरेको छ । त्यस्तै, उद्योग क्षेत्र परामर्शदातामा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बुटवलका कार्यालय प्रमुख प्रकाश अधिकारीलाई मनोनीत गरिएको छ ।

संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले बुटवलका ढाका उद्योगी महेशप्रसाद श्रेष्ठलाई रिक्त उद्योगतर्फको कार्यसमिति सदस्य पदमा मनोनीत गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए ।

त्यसैगरी, यस वर्ष आगामी पुसको ३ देखि १८ गतेसम्म संघले सञ्चालन गर्ने औद्योगिक व्यापार मेला– २०८१ का सम्बन्धमा समेत छलफल भएको छ । बैठकमा संघको हालै सम्पन्न ७१औँ वार्षिक साधारणसभाको समीक्षा गर्दै पुसमा सञ्चालन गर्ने औद्योगिक व्यापार मेलालाई उत्कृष्ट बनाउने निर्णय गरिएको संघले जनाएको छ ।
 

See More On

सुझावित समाचार