मन्डेकाजी ‘स्पोर्टस् पर्सनालिटी अफ द इयर’बाट सम्मानित

सोमबार, २१ असोज, २०८१
डिजिटल संस्करण

नेपाल राष्ट्रिय कराँते टोलीका प्रशिक्षक तथा पूर्वखेलाडी मन्डेकाजी श्रेष्ठ ‘स्पोर्टस् पर्सनालिटी अफ द इयर’बाट सम्मानित भएका छन्।

भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित ‘एचिभर्स अवार्ड २०२४’ कार्यक्रममा खेलकुद विधातर्फ १३औँ दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी सम्मानित भएका हुन्।

सक्सेस मिडिया र यात्रा प्लसको संयुक्त आयोजनामा बर्सेनि हुँदै आएको अवार्ड कार्यक्रममा खेलकुदबाहेक वर्ष कलाकार, वर्ष बैंकर, वर्ष चिकित्सकजस्ता विधा पनि समावेश छ।

सुझावित समाचार