खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’

आइतबार, २० असोज, २०८१
डिजिटल संस्करण

एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सिएसआर हेड विशाखालक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ बाट सम्मानित भएकी छिन् । उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर–टेलिकम’ विधाअन्तर्गत यो अवार्ड पाएकी हुन् ।

यो अवार्ड उनले सामाजिक क्षेत्रमा गरेका महत्वपूर्ण कार्य र ती कार्यको प्रभावका लागि दिइएको हो । एक जिम्मेवार कर्पोरेट नागरिक बनेर वर्षौँदेखि स्वास्थ्य, शिक्षा, वातावरण, विपत् प्रतिकार्य तथा पूर्वतयारीलगायतका क्षेत्रहरूमा गर्दै आएको प्रभावकारी सामाजिक पहलको एक प्रमाण भएको एनसेलले जनाएको छ ।

‘यो हाम्रो टिम एनसेलले गरेको सामूहिक प्रयासको नतिजा हो,’ खड्काले भनिन्, ‘एनसेल फाउन्डेसनको सुरुवातसँगै हामी सामाजिक पहलमार्फत समुदायमा सकारात्मक र दिगो परिवर्तन ल्याउन, सामाजिक–आर्थिक विकासमा योगदान पुर्याउन र दिगो विकास लक्ष्य प्राप्तिका लागि सरकारलाई सहयोग गर्ने हाम्रो यात्रालाई निरन्तरता दिन प्रतिबद्ध छौँ ।’ 
 

See More On

सुझावित समाचार