कपिलवस्तुमा ४५८ थान लालपुर्जा वितरण

शनिबार, १९ असोज, २०८१
डिजिटल संस्करण

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ४५८ थान लालपुर्जा वितरण गरेका छन्।  शुक्रबार मन्त्री अधिकारीले बाणगंगा नगरपालिका वडा नं १० पटना मेचपुरीका ९६ र कपिलवस्तु नगरपालिका वडा नं ७  का २२ र कृष्णनगर नगरपालिका वडा नम्बर १२ हिदयनगर  का ३४० गरी ४५८ थान लालपुर्जा वितरण गरेका हुन्।

नापी कार्यलाई दसैँतिहारलगत्तै पाँच टोली निर्माण गरी अभियानकै रूपमा उक्त समस्या भएका जिल्लाहरूमा नापी कार्य सम्पन्न गर्न चाहेको र एक वर्षभित्र कपिलवस्तुका सबै पालिकामा छुटेका स्थानका लालपुर्जा वितरण गरिने बताउँदै जनताका समस्या समाधानमा आफू प्रतिबद्ध रहेको र  भूमिहीन सुकुमवासी, अव्यवस्थित बसोबासीको समस्यालाई निर्मूल पार्ने गरी कार्यसम्पादन गर्न चाहेको बताए।
 

सुझावित समाचार